पत्रकार धम्क्याउन बन्द गर्न एनआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरेलाई चेतावनी

पत्रकार धम्क्याउन बन्द गर्न एनआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरेलाई चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिपेन्द्र श्रेष्ठ 

स्पेन – ‘नेपाली पोर्चुगलको सडकमा सुत्ने’ विषयमा राससले समाचार सम्प्रेषण गरेको विषयलाई लिएर एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले विना मिति राखेर वक्तव्य जारी गरेपछि युरोपका पत्रकारहरुले त्यसको खरो प्रतिकारमा उत्रिएका छन् ।

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले एक वक्तब्य जारी गर्दै पत्रकारलाई धम्क्याउने काम तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।

युरोप शाखाद्वारा जारी गरिएको प्रेस बिज्ञप्तीमा भनिएको छ, ‘नेपाली पत्रकारमाथि नेपालमा मात्र नभएर युरोपमा समेत मानसिक आक्रमण हुने गरेका छन् । त्यस्तै एक मानसिक आक्रमण पोर्चुगलमा आफ्नो कार्यक्षेत्र बनाएर राष्ट्रिय समाचार समितिको प्रतिनिधि भई सुचना सम्प्रेषण गरिरहेका पत्रकार भगवान गिरीमाथि भएको छ ।’

गिरीले पोर्चुगलको नेपाली समाजबारे समाचार सम्प्रेषण गर्दा एनआरएनए पोर्चुगलका अध्यक्ष गैरेले पत्रकारमाथि अनावश्यक दवाव सृजना गर्ने उद्देश्यले वक्तब्य जारी गरेको भन्दै पत्रकार महासंघ युरोप शाखाले कडा शब्दमा निन्दा गरेको छ । गैरेले रासस जस्तो देशकै गरिमामय सरकारी समाचार एजेन्सीले प्रेषित गरेको समाचार कपोलकल्पित मात्रै नभई झुटा भएको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघ युरोप शाखाको बिज्ञप्तीमा भनिएको छ, ‘नेपालबाट विभिन्न देश हुदै दलालमार्फत ल्याइएका नेपालीहरु विभिन्न कारणले घरबास विहिन हुँदा समेत उनीहरुको उद्दारमा त्यहाँका कथित मगन्ते समाजसेवी तथा एनआरएनए त्यता केन्द्रीत हुनुको साटो समाज सेवाको आडमा गरिने मानव तस्करी र पीडित नेपालीको उद्दारको आशयसहित सडकमा जीवन विताउन बाध्य नेपालीहरुका बारेमा लेखिएको समाचारमाथि आक्रमक हुनुले झनै शंका उब्जाएको पोर्चुगलबासी नेपाली समुदाय बताउँछन् ।’

मानव तस्करी र दलालहरुको मनोवल बढाउने गरेर गरिने यसप्रकारको आक्रमणले सम्बन्धित संस्था वा व्यक्तिको शंकास्पद संलग्नतालाई ईगित गर्नेतर्फ समेत सचेत हुन सबैलाई अध्यक्ष राई द्वारा जारी विज्ञप्ति मार्फत अनुरोध समेत गरेको छ ।

अध्य्क्ष गैरे तिनै व्यक्ति हुन् जसले सामाजिक संजाल फेसबुकमा कांग्रेसका नेता बिरामी भएर अस्पताल भर्ना हुँदा शिघ्रलाभको कामना दिनुको सट्टा समबेदना व्यक्त गरेका थिए । सिधाकुरा जनतासंग कार्यक्रममा प्रशारित अपराधको एक समाचारमा यिनै गैरेले महिलामाथि यौन हिँसा र यातना दिने ब्यक्तिसँग लाइभ भिडियो कुराकानी गर्दै न्यायाधीश आफै जस्तो गरी निर्दोष भएको उल्लेख गरेका थिए ।

सामाजिक संजालमा बारम्बार विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आईरहने गैरे सधै आफ्नो इमेल,सामाजिक संजालको अकाउन्ट ह्याक भएको सुचना दिदै उम्किने गरेको पत्रकार तथा स्थानीय बताउँछन् ।

नेपाली कांग्रेस निकट गैरे धाँधली गरी बुथ नै क्याप्चर गरेर एनआरएनए पोर्चुगल अध्यक्ष पदमा एकछापे मत खसालेर अध्यक्ष पदमा चुनिएको आरोप लाग्दै आएको छ, एउटै ब्यालेट बक्समा एकछापे मत लोकतन्त्रको मूल्य र मान्यताको खिलाफ हुने विश्व मान्यता रहेको छ ।

राजनैतिक शक्ति, पैसा र पावरको भरमा संघमा दादागिरी र रवैया जमाउदै आएका गैरेले संघको कार्यसमितिसंग सल्लाह नै नगरी एकलौटी बिज्ञप्ती निकालेकोले कार्यसमितीकै पदाधिकारीहरु रूष्ट बनेका छन् ।

नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा प्रेषित बिज्ञप्तिको पूर्णपाठ :