एनआरएनएको आइसिसी उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी

एनआरएनएको आइसिसी उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेल्जियम– गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को विश्व सम्मेलन नजिकिंदै जांदा आकांक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गर्ने क्रम बढेको छ । आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको एनआरएनएको नवौ विश्व सम्मेलनमा बेल्जियमका व्यवसायी अर्जुन कुमार श्रेष्ठले आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि निरन्तर रुपमा सक्रिय श्रेष्ठले शनिवार उम्मेवारी उपाध्यक्षमा घोषणा गरेका छन् । उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्  ‘एनआरएन अभियानमा लामो समयदेखि लागिरहंदा यहांहरुले दिनुभएको साथ र सहयोगलाई मैले बिर्सेको छैन र कहिल्यै बिर्सने पनि छैन । आगामी दिनमा अगाडि बढ्न अर्थात गन्तब्यमा  पुग्न यहांहरुको साथ र सहयोग अपरिहार्य छ ।’