काठमाण्डु- बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ ।
पार्टीको यो पहिलो महाधिवेशन हो । महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने छन् । महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।
मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको पार्टीले बताउँदै आएको छ ।
पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिनेछ ।
नयाँ शक्तिले मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको जनाएको छ ।




प्रतिक्रिया