खुकुरी प्रहार घटनामा नेविसंघले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा


काठमाण्डु – नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहारको घटना भएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।

आज बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएर यादव घाइते भएपछि नेविसंघले विज्ञप्ति निकालेर गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ, ‘देशमा आमनागरिकको जीउ, ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्ण रूपले असफल भएको यस घटनाले पुष्टि गरेको छ ।’

खुकुरी प्रहार घटनाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने नेविसंघले जनाएको छ ।

‘राजधानीको सार्वजनिक स्थलमा पूर्व मन्त्री जस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृहमन्त्रीको राजीनामा समेत माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement