काठमाण्डु – चिनियाँ दूतावास काठमाडौं घेराउ गर्न गएको नेपाल विद्यार्थी संघ (नेविसंघ) का ४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
केही दिनअघि चिनियाँ राजदूत छन् सोङले कूटनीतिक मर्यादाविपरीत दिएको अभिव्यक्तिको विरोधमा नारा–जुलुस गर्न गएका नेविसंघका नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
नेविसंघका केन्द्रीय सदस्य बासुदेव न्यौपानेको नेतृत्वमा गएको विद्यार्थीको टोलीलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरू दिउँसो साढे २ बजे दूतावास अगाडि नारा लगाउँदै पुगेका थिए ।
सोङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल–भारतबीचको व्यापार सम्बन्धलाई लिएर २ देशको सदियौं पुरानो सम्बन्धमा प्रश्न उठाउने गरी अभिव्यक्ति दिएका थिए ।
राजदूतबाट आएको अभिव्यक्ति राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । बिहीबारको संसद् बैठकमा पनि राजदूतको अभिव्यक्तिबारे चर्चा भएको छ ।




प्रतिक्रिया