नेविसंघको १२औं महाधिवेशन आगामी पुसमा हुने

नेविसंघको १२औं महाधिवेशन आगामी पुसमा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२औं महाधिवेशन आगामी पुसमा हुने भएको छ ।

आगामी २०८१ पुस मसान्तभित्र १२औं महाधिवेशन सम्पन्न गर्ने निर्णय नेविसंघले गरेको छ ।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकले १२औं महाधिवेशनको मिति तोकेको छ । नेविसंघ मुख्यसचिव विजय खड्काका अनुसार दुजाङ शेर्पाको अध्यक्षतामा बसेको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशन र सांगठनिक गतिविधिसहित २४ वटा निर्णय गरेको छ ।