काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले शनिबार नेविसंघले सरकारी गाडी जलाएको विषयप्रति विरोध गरेका छन् ।
नेता थापाले आइतबार ट्वीटरमा लेखेका छन, ‘‘त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्साहन गर्न म डटेर लाग्नेछु ।’शनिबार नेविसंघका कार्यकर्ताहरुले केन्द्रको निर्देशन भन्दै सरकारी गाडीमा आगजनी गरेका थिए ।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले भने, ‘नेविसंघको नाममा केही विद्यार्थीले सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ । किन्तु, परन्तु केही नलगाई मेरो उत्तरः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्सहान गर्न म डटेर लाग्नेछु ।’
नेविसंघले शनिबार पोखरा महानगरपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका गाडी गाडी जलाएको थियो । शनिबार सार्वजनिक बिदाका दिन चलाएकाले सरकारी गाडी जलाइएको नेविसंघले जनाएको छ । संघका पूर्वकेन्द्रीय सदस्य सरोज केसीले बिदाका दिन सरकारी गाडी चलाए जलाउने केन्द्रीय नीति भएको बताएका थिए ।
काँग्रेसले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाउँदै देशव्यापी आन्दोलन घोषणा गरेको छ ।




प्रतिक्रिया