भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै नेविसंघको विरोध प्रदर्शन

भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै नेविसंघको विरोध प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफ्नै नेता बालकृष्ण खाणलाई निलम्बनको माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ।

आइतबार त्रि-चन्द्र क्याम्पसमा नेविसंघका नेता कार्यकर्ताहरुले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।

भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता भन्ने नारासहित आयोजना गरिएको विरोध प्रदर्शनमा नक्कली भुटानी शरणर्थी प्रकरणका आरोपीहरुमाथिको अनुसन्धान प्रभावकारी बनाउन दबाब दिएका छन् ।

यस प्रकरणमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि प्रहरीले नेकपा एमाले नेता टोपबहादुर रायमाझीका छो‍रा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री समेत रहेका कांग्रस नेता बालकृष्ण खाण, खाणका स्वकीय सचिव नरेन्द्र केसी, सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १२ जनालाई पक्राउ गरिसकेकाे छ।