बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघका नेता पक्राउ

बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघका नेता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता पक्राउ परेका छन् ।

इन्जिनीयरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा प्रदर्शनमा उत्रिएका नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

स्नातक तहको शुल्क ३ लाख ३८ हजार रहेकोमा इन्जिनीयरिङ अध्ययन संस्थानले बढाएर ७ लाख ७५ हजार रुपैयाँ पुर्‍याएको छ । शुल्क वृद्धिविरुद्ध नेविसंघ पुल्चोक क्याम्पस इकाई सभापति अनशनमा बसेका छन् ।

नेविसंघ आवद्ध विद्यार्थीले शुल्कवृद्धि फिर्ता र अनशनरत विद्यार्थी सुलभ चापागाईंको जीवन रक्षाको माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका छन् ।

त्यस क्रममा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्ल, विजय महतो, नेविसंघ प्राविधिक विद्यार्थी परिषदका केन्द्रीय अध्यक्ष राजेन्द्र चटौत, नेविसंघ काठमाडौंका अध्यक्ष अन्सुल केसी, ललितपुर अध्यक्ष सरोज घोरासैनी, नेताहरु सौगात फुयाल सलन केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।