पर्यटन बोर्डको सीइओमा जोशी नियुक्त

पर्यटन बोर्डको सीइओमा जोशी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपकराज जोशी नियुक्त भएका छन् ।
बोर्डको बिहीबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको बोर्डका वरिष्ठ निर्देशक तथा प्रवक्ता नन्दिनी लाहे थापाले जानकारी दिइन् ।
जोशी यसअघि पनि बोर्डको सीइओ भइसकेका छन् । उनले सन् २०१५–२०२० सम्म बोर्डको सीइओका रूपमा काम गरिसकेका छन् ।
यसअघि बोर्डको कार्यकारी प्रमुख छनोटका लागि गठन भएको उपसमितिले जोशीसहित ३ जनाको नाम सिफारिस गरेको थियो । उपसमितिले बोर्डका पूर्व सीइओ धनञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोको नाम पनि सिफारिस गरेको थियो ।
नियुक्त भइसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले फेरि पनि बोर्डको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएको बताए । ‘परिस्थितिको प्रतिकूलता, स्रोतको शिथिलता र आफूप्रतिको पर्यटन क्षेत्रको अपेक्षाका बीचमा प्रतिफल देखाउनुपर्ने दायित्व छ,’ उनले भने, ‘यो चुनौती पनि हो र मेरा लागि प्रेरणा पनि हो ।’