काठमाण्डु – नेपाल दुरसञ्चार कम्पनीले ४० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनी संचालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्ष २०७६\७७ को मुनाफावाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
संचालक समितिले प्रस्ताव गरेको लाभांश सरकारको स्वीकृति पश्चात वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्। टेलिकमले ०७५ \०७६ मा ५५ प्रतिशत लाभांश दिएको थियो ।
अहिले नेपाल टेलिकमको शेयर १२ सय मुल्यमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया