गणतन्त्र दिवसमा नेपाल टेलिकमको कम्बो अफर, यस्ता छन् सुविधा

गणतन्त्र दिवसमा नेपाल टेलिकमको कम्बो अफर, यस्ता छन् सुविधा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टेलिकमले गणतन्त्र दिवस २०७६ को अवसरमा भोलि (२०७६–०२–१४) देखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ ।

यस अन्तर्गत टेलिकमले ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराउने भएको हो ।

यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।

सो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ । छुट प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।