एमालेमा पदाधिकारी संख्या १५ जना बनाउने निर्णय

एमालेमा पदाधिकारी संख्या १५ जना बनाउने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेमा १५ जना पदाधिकारी हुने भएका छन् । आइतबार ललितपुरकाे सनराइज केन्द्रमा जारी एमालेको विधान महाधिवेशनले पार्टीको पदाधिकारीको संख्या १५ राख्ने निर्णय गरेको हो ।

एमाले नेता विष्णु पौडेलले विधान महाधिवेशनबाट भएका निर्णयबारे जानकारी दिँदै पदाधिकारी संख्याबारे आएका विभिन्न सुझाव समेटेर १५ सदस्यीय बनाउने निर्णय भएको जानकारी दिए ।

उनले अध्यक्ष एक जना, वरिष्ठ उपाध्यक्षसहित ५ जना उपाध्यक्ष, महासचिव एक जना, उपमहासचिव एक जना, सचिव ७ जना रहने जानकारी दिए । यसअघि विधानबाट उपमहासचिव हटाइएको थियाे ।