रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या


काठमाडाैं- रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा ५ जनाको सामूहिक हत्या भएको छ । रुपन्देहीको तिलोत्त नगरपालिका १० कान्छीबजारको मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएस्पी खड्क बहादुर खत्रीले फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए । प्रहरी स्रोतका अनुसार बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन् । मृतकको विवरण भने खुलेको छैन ।

प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement