नेपाली नर्स बेलायत पठाउने बाटो खुल्यो, के हुनेछ अबको प्रोसेस ?


काठमाण्डु – बेलायतमा नेपाली नर्स लैजानका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार श्रम तथा रोजगार मन्त्रालयमा नेपालबाट रोजगारका लागि नर्सलगायत स्वास्थ्य क्षेत्रका जनशक्ति बेलायत लैजाने विषयमा दुई देशबीच सम्झौता भएको हो ।

सम्झौतामा नेपालका तर्फबाट श्रम सचिव एक नारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् । बेलायतले पहिलो चरणमा १०० देखि २०० जना नर्स लैजाने सम्झौता भएको हो ।

उनीहरुले नेपाल र बेलायतमा आवश्यक परीक्षा दिनुपर्ने मन्त्रालयले जनाएको छ । उनीहरुको तलब बेलायती नागरिकको सरह हुने भएको छ । सम्झौता अनुसार रोजगारका लागि स्वास्थ्यकर्मी लैजाने प्रक्रिया ६ महिनापछि मात्रै सुरु हुनेछ ।

यसका लागि कार्यविधि बनाउने लगायतका काम सकेर प्रक्रिया अगाडि बढाइने श्रम मन्त्रालयले जानकारी दिएको छ ।नेपालमा स्वास्थ्य क्षेत्रका जनशक्तिको अवस्था हेरेर मात्र बेलायत पठाइने सम्झौतामा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग, नर्सिङ काउन्सिल सम्मिलित छनोट कमिटी बनाइने छ । यसले नेपालको स्वास्थ्य क्षेत्रमा जनशक्तिको अवस्थालाई अध्ययन गरी बेलायत पठाउनका लागि छनोट गर्नेछ ।

यही कमिटीको सुझाव अनुसार जनशक्ति बाहिर पठाइने मन्त्रालयले जनाएको छ । यसरी रोजगारका लागि जाने स्वास्थ्यकर्मीहरुले बेलायतमै बस्ने सुविधा पाउने छैैनन् । सम्झौताअनुसार ५ वर्ष काम गरेपछि नेपालमै फर्किनु पर्नेछ । बेलायतले उनीहरुलाई शून्य लागतमा लैजाने भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement