नुवाकोटको बिदुरलाई प्रदेश ३ को राजधानी बनाऊः प्रकाशचन्द्र लोहनी


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रदेश ३ को राजधानीका लागी नुवाकोट उपयुक्त हुने विचार व्यक्त गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत लोहनीले नुवाकोटलाई प्रदेश ३ को राजधानी बनाउनुपर्ने पाँच कारण उल्लेख गरेका हुन् ।

यस्तो छ लोहनीको सुझाव
१) नुवाकोटमा यातायात सुबिधा छ ।
(अ ) नुवाकोटको सदरमुकाम बिदुर २÷३ वर्षा भित्र टोखा को सुरुंग मार्ग बने पछि काठमाडौंबाट ४५ मिनेट मा पुगिन्छ ।
(आ) बिदुर पृथ्वी राजमार्गसँग २० किलोमिटर गल्छीमा जोडिएको छ ।
(इ ) नुवाकोट नेपाल–चीन व्यापारको मुख्य नाका रसुवागढी जाने मूल बाटो हो । जुन नया सुरुङमार्गको रुपमा निर्माण हुनेछ ।

२) राजधानीको रुपमा नुवाकोटमा पानिको कमि छैन् । त्रिशुली नदि बिदुरबाट बग्दछ ।

३) राजधानी बनाउन बिदुर क्षेत्रमा थुप्रै समथर टार, जमिन उपलब्ध छ । आउँदा दिनमा राजधानी विस्तार गर्न समथल जमिनको कमि छैन् ।

४) चीन निर्यात गर्ने समान उत्पादन गर्न बिशेष आर्थिक क्षेत्र निर्माण गर्नको लागि चाहिने पानी, बिजुली, राष्ट्रिय र अन्तराष्ट्रिय राजमार्ग नुवाकोटमा उपलब्ध अहिले पनि छ साथै नुवाकोट खाद्यान्न निर्यात गर्ने जिल्ला हो ।

आउँदा दिनमा चीनसँग जोड्ने सुरुङ्गमार्ग बनेपछि प्रमुख राष्ट्रिय र अन्तराष्ट्रिय बजारसँग यातातातको सुबिधा अझ व्यापक र सस्तो हुनेछ । यस कारण नुवाकोट देशको पहाडी क्षेत्रको मूल औद्योगिक थलो हुनसक्नेछ । यहि विचार गरेर नुवाकोटको देबिघाट–रातमाटे क्षेत्रमा बिशेष आर्थिक क्षेत्र निर्माण गर्न म अर्थमन्त्री हुँदा २०६० सालमा बजेटमा घोषणा गरिएको थियो ।

५) नुवाकोट प्रदेश ३ को बीच–बीचमा पर्दछ ।

६) निस्कर्षः नुवाकोटको सदरमुकाम बिदुरलाई प्रदेश ३ को राजधानी बनाऊ !

प्रतिक्रिया दिनुहोस
Advertisement