नुवाकोटमा बैठकस्थल छाड्न नेपाल पक्षलाई प्रहरीको दबाब

नुवाकोटमा बैठकस्थल छाड्न नेपाल पक्षलाई प्रहरीको दबाब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले नुवाकोट पार्टी कार्यालयमा माधव नेपाल समूहलाई बैठकस्थल छाड्न प्रहरीले दबाब दिएको छ ।

बिहीबार नेपाल पक्षले पार्टीको ताला तोडेर बैठक सुरु गरेपछि प्रहरीले बैठकस्थल छोड्न दबाब दिएको केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले जानकारी दिइन् ।

प्रहरीको दबाबकाबीच बैठक जारी रहेको उनले बताइन् । जिल्ला अध्यक्ष नारायण खतिवडालाई प्रहरीले पार्टी कार्यालय पस्न रोक लगाउने दुश्प्रयास गरेको उनले जानकारी दिइन् ।

६५ सदस्य जिल्ला कमिटी रहेको नुवाकोटमा नेपाल पक्षका ४५ जना रहेका छन् ।  केपी शर्मा ओली पक्ष र नेपाल पक्षबीच झडप हुने अवस्था आउने भएकाले पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।