काठमाडौं – विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंह बर्खास्त भएका छन् ।
परिषदले ६ महिना लगाएर गरेको अनुसन्धानपछि तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्तको निवेदनमाथि सुनुवाइका क्रममा पदीय आचरण अनुसारको कर्तव्य निर्वाह नगरेको भन्दै न्यायपरिषदले बर्खास्त गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
सोमबार बसेको न्यायपरिषद बैठकले यही मुद्दामा सुनवाइ गरेका विराटनगर उच्च अदालतकै न्यायाधीश साधुराम सापकोटा र थीरबहादुर कार्कीलाई भने २ वर्ष बढुवा रोक्का गरेको छ । उनीहरूलाई गम्भीर रूपमा सचेत गराउने पनि न्यायपरिषदले निर्णय गरेको छ ।




प्रतिक्रिया