न्यायाधीश नियुक्तिकाे नयाँ मापदण्ड : किन निषेध गरियो राजनीतिक कोटा ? (पूर्णपाठसहित)

न्यायाधीश नियुक्तिकाे नयाँ मापदण्ड : किन निषेध गरियो राजनीतिक कोटा ? (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्याय परिषदले न्यायाधीश नियुक्ति सम्बन्धी मापदण्ड तयार पारेको छ ।

गत मंगलबार बसेको न्याय परिषद् बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीश नियुक्तिका लागि मापदण्ड पारित गरेको थियो । सो मापदण्ड शुक्रबार राजपत्रमा प्रकाशित भएको छ ।

न्यायाधीश नियुक्ति प्रक्रिया सम्बन्धी मापदण्ड, २०७९ मा ११ उपदफा र १८ अनुसूची रहेका छन्। यसअघि न्यायाधीश नियुक्ति परिषद्को रोजाइमा हुने गरेको थियो । तर अब भने न्यायाधीश नियुक्तिमा पूर्वन्यायाधीश, परिषद्का सदस्यका आफन्त र राजनीतिक कोटालाई निषेध गरिने उल्लेख छ ।

उक्त प्रक्रिया आपरदर्शी भएको भन्दै आवाज उठेपछि कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की नेतृत्वको परिषद्ले मंगलबार मापदण्ड निर्माण गरेको हो । मापदण्ड पारित भएर राजपत्रमा प्रकाशित भएसँगै न्यायाधीश नियुक्तिको बाटो खुलेको छ ।

हाल उच्च अदालतमा पाँच मुख्य न्यायाधीश र १५ न्यायाधीश रिक्त रहेका छन्। त्यस्तै, जिल्ला अदालतमा २३ र सर्वोच्चमा २ न्यायाधीश रिक्त छन्।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.