न्याय परिषद्‌द्वारा ६ जिल्ला न्यायाधीश नियुक्ति तथा पदस्थापन सिफारिस (सूचीसहित)

न्याय परिषद्‌द्वारा ६ जिल्ला न्यायाधीश नियुक्ति तथा पदस्थापन सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्याय परिषद्ले ६ जिल्ला न्यायाधीशको नियुक्ति तथा पदस्थापन सिफारिस गरेको छ ।

नियुक्त भएका ४ जना न्याय सेवाा, १ जना सरकारी वकिल र १ जना कानून सेवाका अधिकृत रहेका छन् ।

मंगलबार बसेको न्याय परिषद् बैठकले न्याय समूह, कानून समूह र सरकारी वकिललाई समेट्दै जिल्ला न्यायाधीश नियुक्त गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलालाई कैलाली, उपरजिष्ट्रार अरुणकुमार कोइरालालाई डडेल्धुरा, स्रेस्तेदार कुलप्रसाद दाहाललाई कालिकोट, इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर, उपरजिष्ट्रार अनुपमा पन्तलाई धनुषा र उपसचिव विश्वदीप वेस्रालाई रौतहटको जिल्ला अदालतमा पदस्थापन सिफारिस गरेको छ ।

हेर्नुहोस् सूची –