उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस, को कहाँ ? (सूचीसहित)

उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस, को कहाँ ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्याय परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गर्न सिफारिस गरेको छ ।

बिहीबार बसेको परिषद् बैठकले न्यायाधीशहरूको सरुवा सिफारिस गरेको हो ।

यससँगै विशेष अदालत, श्रम अदालत र राजस्व न्यायाधीकरणहरूमा अध्यक्ष तथा कानून सदस्यहरू तोक्नका लागि समेत सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।

न्याय परिषद्ले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्न सिफारिस गरेको छ । श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न सिफारिस गरिएको छ ।

हेर्नुहोस् सरुवा सिफारिस सूची –