उच्च र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा सिफारिस

उच्च र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्याय परिषद्ले उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।

परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका ३ जना र जिल्ला अदालतका ९ जना न्यायाधीशको काज र सरुवाका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ ।

उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीलाई उच्च अदालत पाटन, उच्च अदालत सुर्खेतका न्यायाधीश काजीबहादुर राईलाई उच्च अदालत विराटनगर, इलाम इजलास र उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्याललाई उच्च अदालत तुलसीपुरका लागि काज सिफारिस गरिएको छ ।

बैठकले ६ जना जिल्ला अदालतका न्यायाधीशलाई सरुवाका लागि सिफारिस गरेको छ । कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यलाई ललितपुर जिल्ला अदालत, सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद आचार्यलाई कास्की जिल्ला अदालत, कास्की जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईलाई मकवानपुर जिल्ला अदालत, तेह्रथुम जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेललाई पर्सा जिल्ला न्यायाधीश, रौतहट जिल्ला अदालतका न्यायाधीश तेजबहादु्र खड्कालाई झापा जिल्ला अदालत र झापा जिल्लाका न्यायाधीश भीमबहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालत सरुवाका लागि सिफारिस गरिएको छ ।

काज सिफारिस हुनेमा डडेलधुरा जिल्ला अदालतका न्यायाधीश दयाराम ढकाल, नवलपुर जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदी र दाङ जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डे रहेका छन् ।

न्यायाधीश ढकाललाई चितवन जिल्ला अदालत, न्यायाधीश सुवेदीलाई मोरङ जिल्ला अदालत र न्यायाधीश पाण्डेलाई नवलपुर जिल्ला अदालतमा काज सिफारिस गरिएको छ ।

परिषद्ले बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेल्धुरा जिल्ला अदालतको जिल्ला न्यायाधीशमा कामकाज गर्ने गरी तोक्न सिफारिस गरेको छ ।