बिहीबार प्रधानन्यायाधीश जबरालाई फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने न्यायाधीशहरूको निर्णय

बिहीबार प्रधानन्यायाधीश जबरालाई फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने न्यायाधीशहरूको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेका छन् ।

बुधबार प्रधानन्यायाधीश जबराबाहेक बसेकाे सर्वोच्चका न्यायाधीशहरूको बैठकले बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको हो । उक्त बैठकमा भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न माग गर्ने न्यायाधीशहरूले निर्णय गरेको जनाइएको छ ।

यसअघि भने सर्वोच्च अदालतका न्यायाधीशहरू नै सम्मिलित फुलकोर्टले बनाएको नियममा पनि त्रुटि रह्यो, जसका कारण नियमावली संशोधन भई निर्देशिका बनेको एक साता हुँदा पनि सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी व्यवस्थापन सुरु भएकाे थिएन ।