काठमाडौं – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट फरार भएका कोरोना भाइरस संक्रमणको आशंका गरिएका युवक विराटनगरमा फेला परेका छन् ।
सुनसरी घर भएका ती युवा दक्षिण कोरियाबाट नेपाल आएका थिए । उनी जहाज चढेर विराटनगर पुगेको स्रोतले जानकारी दियो । उनकाे परिचय खुलाइएकाे छैन् ।
नेपाल आएसँगै उनलाई विमानस्थलबाट सिधै बुधबार राति टेकु अस्पताल पुर्याइएको थियो । अस्पतालमा उनको रगत परीक्षणका लागि तयारी हुँदैगर्दा उनी भागेका थिए । अहिले प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।
संक्रमणको आशंकामा अस्पतालमा अहिले कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली, भारतबाट आएका एक जना फ्रेन्च नागरिक भर्ना भएका छन् । उनीहरुको कोरोनाको परीक्षण बिहीबार गराइने भएको छ ।




प्रतिक्रिया