प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त,आजै शपथ

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त,आजै शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । शुक्रबार न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अनुमोदन भएका कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

कार्कीको शपथ ग्रहण आजै अपराह्न सवा ५ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। उनलाई आजै बिहान मात्र संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो।

संसदीय समितिले अनुमोदन गरेका व्यक्तिलाई राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्ति दिने व्यवस्था अनुसार उनलाई प्रधानन्यायाधीश नियुक्त गरिएको हो।