काठमाण्डु – राष्ट्रिय योजना आयोगका नवनियुक्त पदाधिकारीले शपथ लिएका छन् ।
बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नवनियुक्त उपाध्यक्ष विश्व पौडेल, सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर लिम्बुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सपथग्रहण लिएका हुन् । उनीहरूलाई मन्त्रिपरिषदको गत साउन १२ को बैठकले आयोगमा नियुक्त गरेको थियो ।




प्रतिक्रिया