काठमाडौं – नेपाली सेनाको उपरथीमा बढुवा भएका सुरेश कुमार कार्कीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । नेपाली सैनिक वार कलेज नगरकोटका प्रमुख रहेका सहायक रथी कार्कीलाई गत फाल्गुन १८ गते बसेको मन्त्रीपरिषद्को बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।कार्कीलाई शुक्रवार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
सेनामा व्यवसायीक अधिकृतका रुपमा चिनिने कार्कीले चीनबाट नेशनल डिफेन्स कोर्स गरेका छन् । उनि सैनिक जवानहरुको विचमा समेत लोकप्रिय जर्नेल हुन् । कार्कीले नगरकोटमा कार्यरत हुंदा राम्रो काम गरेको भन्दै प्रधानसेनापति थापाले एक वर्ष कमाण्ड गर्न पाउनेमा १७ महिना जिम्मेवारीमा राखेका थिए । उपरथी दर्जामा पदोन्नति भएका उपरथी कार्कीलाई रणनितीक हिसावले समेत महत्वपूर्ण मानिने मध्य पूर्वी पृतना हेडक्वाटरमा पृतनापतिको जिम्मेवारी दिईएको छ ।




प्रतिक्रिया