प्रधानसेनापति थापाले भने ‘विभिन्न माध्यमबाट राष्ट्रलाई कमजोर बनाउने प्रयास हुंदैछ, सजग बन्न आवश्यक छ’ 


काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले विभिन्न माध्यमवाट देशलाई कमजोर पार्ने कोशिस भइरहेको दावी गरेका छन् । महाशिवरात्री तथा सेना दिवस २०७५ को उपलक्ष्यमा नेपाली सेनाका सकलदर्जालाई दिएको शुभकामना सन्देशमा प्रधानसेनापति थापाले उक्त कुरा बताएका हुन् । 

उनले सबै तह र क्षेत्रमा संस्थागत हित तथा राष्ट्रिय हितको संरक्षण हाम्रो रणनीतिको मुल आधार हुनु आवश्यक भइसकेको बताएका छन् । प्रधानसेनापतिले राष्ट्रिय सुरक्षा नीतिलाई सहि ढंगबाट बुझ्नु र कार्यान्वयनको वातावरण सिर्जना गर्नु जरुरी भइसकेको दावी गरेका छन् । 

थापाले शुभकामना सन्देशमा भनेका छन् ‘ विभिन्न माध्यम वा मार्फतबाट हुन सक्ने सम्भावित प्रहार तथा प्रभाववारे सचेत हुनु र सचेत बनाउनु राष्ट्रिय सुरक्षाको  पहिलो आवश्यकता हो । यसप्रति हामी सबै गम्भिर हुनैपर्छः अन्यथा राष्ट्र कमजोर हुनसक्छ वा हुन्छ भन्ने तर्फ पनि त्यत्तिकै सजग हुनु आवश्यक छ ।’

वर्तमान नेपालको सन्र्दभमा राष्ट्रिय स्वार्थ र हितका विषयहरुलाई बाह्रय प्रभावबाट सुरक्षित राख्नु सबैभन्दा ठुलो राष्ट्रिय चुनौती भएको थापाको भनाई छ । 

प्रधानसेनापतिले देशको राजनीतिक अवस्थाको वारेमा समेत शुभकामाना सन्देशमा उल्लेख गरेका छन् । उनले नेपालको राजनैतिक अवस्था क्रमिक रुपमा स्थायित्व उन्मुख भएको बताएका छन् ।  

प्रधानसेनापतिले स्थायित्वको लागी सुरक्षा अति आवश्यक अवयव भएको भन्दै राजनैतिक स्थायित्वसंगै राष्ट्र समृद्धि र विकासको बाटोमा लाग्ने अनुमान गर्न सकिने उल्लेख गरेका छन् ।  

उनले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको संकल्पको खुलेर प्रशंसा समेत गरेका छन्। 

यस्तो प्रधानसेनापति थापाले जारी गरेको शुभकामना सन्देश – 

 

प्रतिक्रिया दिनुहोस
Advertisement