काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा सिफारिस समितिले ५ जना शाखा अधिकृतलाई रात्रपत्रांकित द्वितीय श्रेणी उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
समितिको बैठकले नेपाल लेखापरीक्षण सेवाका ४ जना शाखा अधिकृतलाई कार्यक्षमताको आधारमा उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
शाखा अधिकृतबाट उपसचिव बढुवा सिफारिस हुनेमा डुलहरि दाहाल, संगीता फुयाल, पिंकीकुमारी दास र मञ्जु पन्थी छन् । ४ जना उपसचिवमा बढुवाका लागि १६ जनाले उम्मेदवारी दिएकोमा १३ जना सम्भाव्य उम्मेदवार कायम भएका थिए ।
नेपाल इन्जिनीयरिङ सेवा सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहतर्फका १ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेमा वीरबहादुर रावल छन् । रिक्त रहेको १ पदका लागि ७ जनाले उम्मेदवारी दिएकोमा ६ जना सम्भाव्य उम्मेदवार कायम भएका थिए ।




प्रतिक्रिया