हवाई इन्धनको भाउ घट्यो, अब प्रतिलिटर कति ?

हवाई इन्धनको भाउ घट्यो, अब प्रतिलिटर कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– आयल निगमले अन्तराष्ट्रियतर्फको हवाई इन्धनको भाउ घटाएको छ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय भएको छ। यद्यपि, बुधबार माइन्युटमा हस्ताक्षर भएपछि कार्यान्वयन गरिने उनले बताए।

निगमका अनुसार हवाई इन्धन प्रतिलिटर १.१२५ अमेरिकी डलर छ । उक्त मूल्यमा १० रुपैयाँ घटाउने निर्णय गरेको हो । हाल हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ५१.८३ रुपैयाँ नाफा राखेको छ ।