काठमाडौं— नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ।
निगमले बिहीबार रातिबाट लागु हुने पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १—१ रुपैयाँ भाउ बढाएको हो।
मूल्य वृद्धिसँगै पेट्रोल १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९८ रुपैयाँ प्रतिलिटर कायम भएको छ।




प्रतिक्रिया