कोरोनाभाइरसः २३ डलरमा ओर्लियो तेलको मूल्य

कोरोनाभाइरसः २३ डलरमा ओर्लियो तेलको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाको असर र रुस तथा साउदी अरबबीच चलिरहेको मूल्य युद्धका कारण कच्चा तेलको मूल्य १७ वर्षकै तल्लो विन्दुमा ओर्लिएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रति व्यारेल २३ डलरमा झरेको छ ।

विश्वभरीमा कोरोना भाइरसको प्रकोप लगातार बढ्दै गइरहेको छ । विश्वभरीका १९९ देश कोरोनाको चपेटामा आएका छन् । वल्र्डोमीटरका अनुसार विश्वभरीका कुल ७,२१,९०२ मानिस कोरोना संक्रमित भएका छन् भने मृत्यु हुनको संख्या ३४ हजारको आसपासमा रहेको छ ।

यसको तीव्र दरमा वृद्धि हुनाले अमेरिकामा १ देखि २ लाख सम्म मानिसको मृत्यु हुन सक्ने चेतावनी एक वरिष्ठ अमेरिकी वैज्ञानिकले दिएका छन् । अमेरिकामा १.४० लाख भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । यसका कारण विश्वभरीको सेयर बजार धराशायी भएका छन् । अमेरिकी वेस्ट टेक्सास इन्टरमीडियट क्रुड ५.३ प्रतिशतले घटेर प्रति व्यारेल २० डवरसम्म ओर्लिएको छ ।

कोरोनाको कहर जब विश्वमा बढ्न थाल्यो सरकारहरुले हवाई यात्रामा रोक लगाउन सुरु गरेका छन् । यसै समयदेखि तेल बजार पनि धरासायी भएको छ । मागमा ब्यापक कमी आएको छ र उत्पादन तीव्र दरमा बढ्न थालेको छ । प्रमुख तेल उत्पादक देश साउदी अरब र रुसबीचको कच्चा तेलको मूल्य युद्ध पनि सुरु भएकाले विश्व बजारमा तेलको मूल्य ओरालो लागेको छ ।