एजेन्सी – विगत ३० वर्षको अवधिमा तेलको मूल्यमा यती ठूलो गिरावट देखिएको थिएन । सोमबार बजार खुल्दाको समयमा कच्चा तेलको मूल्यमा ३० प्रतिशतले कमी आएको थियो ।
जसरी कारोबार सुरु भएको थियो केही समयभित्रै १ ब्यारेल कच्चा तेलको मूल्यमा ४५ डलरले गिरावट आएर ३१.५२ डलर कायम भयो ।
खाडी युद्धपछि कुनै एक कारोबारी दिनमा कच्चा तेलको मूल्यमा यती ठूलो गिरावट देखिएको थिएन । विश्वले कोरोनाभाइरसको संकटको सामना गरिरहेको समयमा तेलको मूल्यमा यो गिरावट आएको हो ।
कोरोनाभाइरसका कारण पुरै विश्वमा तेलको मागमा कमी आएको छ र यसको असर प्रमुख सेयर बजारमा पनि देखिएको छ र ठूलो गिरावट आएको छ ।
साउदी अरबको इच्छा
यती मात्रै होइन साउदी अरबले विशेष बजारमा आफ्नो तेललाई २० प्रतिशत छुटमा पठाउने जनाएको छ । विश्लेषकका अनुसार साउदी अरब तथा रुसबीच मूल्यको विषयलाई लिएर हुने यो युद्धको पहिलो चरण हो ।
साउदी अरबको तेल नीतिसँग नजिकको सुत्रलाई उद्र्धृत गर्दै फाइनान्शियल टाइम्सले साउदी अरबले आफ्नो तेल उत्पादन प्रतिदिन १ करोड ब्यारेल भन्दा पनि बढाउन सक्छ र यो प्रतिदिन १ करोड १० लाख ब्यारेलसम्म पुर्याउन सकिन्छ ।
हालैका दिनमा साउदी अरबले ९७ लाख ब्यारेल प्रतिदिन उत्पादन गर्दै आएको छ । उसको लक्ष्य यो भन्दा पनि बढी उत्पादन गर्ने रहेको छ ।
यो वर्ष कच्चा तेलको मूल्यमा २० प्रतिशत गिरावट आएको छ र कोरोनाभाइरसको संक्रमणका कारण विश्व अर्थव्यवस्थामा जुन प्रभाव परेको छ, त्यसलाई मध्यनजर गर्दै मूल्य ओरालो लाग्ने क्रमले पनि निरन्तरता पाएको छ । तर यस्तो अवस्थामा साउदीले किन आफ्नो रणनीति बदल्यो भन्ने प्रश्न उठ्न सक्छ ।
मित्रतामा अवरोध
साउदी अरेबिया विश्वकै ठूलो तेल निर्यातक देश हो । यो मुलुकलाई पेट्रोलियन निर्यातक देशको संगठन ओपेकका अघोषित नेता पनि मानिदै आएको छ । यो मुलुकको दैनिक १ करोड २० लाख ब्यारेल तेल उत्पादन क्षमता रहेको छ । कुनै अन्य देशको तुलनामा तेल उत्पादन बढाउनु वा घटाउनु साउदी अरबका लागि बढी सजिलो हुन्छ ।
२०१४ मा जब तेलको मूल्यमा गिरावटको सुरुवात भयो र २०१६ को अन्त्यसम्म चालू रह्यो र ओपके प्लस नामको एक समूह अस्तित्वमा आयो । यसमा ओपेक देश त थिएनै ओपेक सदस्य नभएका अन्य तेल उत्पादक देश पनि समावेश भए । ओपेक प्लसमा रुसको स्थान विशेष थियो ।
ओपेक प्लसको उद्देश्य उतपादनमा गरिने कटौतीलाई लिएर विभिन्न देशबीच तालमेल गर्नु थियो, जसले मूल्यमाथि काबु प्राप्त गर्न सकोस् । यो रणनीतिले गत शुक्रबारसम्म ठीक तरिकाले काम गरिरहेको थियो । कोरोनाभाइरसका कारण सिर्जत अवस्थालाई मध्यनजर गर्दै तेल उत्पादनमा कटौतीको प्रस्तावलाई रुसले अस्वीकार गर्यो ।
दैनिक १५ लाख ब्यारेल तेलको उत्पादन कम गर्नाले पनि उतपादनमा ३।६ प्रतिशतले मात्रै कमी आउने आकलन गरिएको थियषे । कटौतीमा ५ लाख ब्यारेलको हिस्सा गैर ओपक देशले लिनुपर्ने थियो ।
तेलको उत्पादन
रुसका उर्जा मन्त्रीले भने, ‘जहाँसम्म उत्पादनमा कटौतीको कुरा छ, आजको बैठकलाई मध्यनजर गर्दै १ अप्रिलसम्म कुनै पनि देशका लागि तेल उत्पादनमा कटौती गर्न आवश्यक छैन । चाहे त्यो ओपेकको सदस्य होस् वा नहोस् ।’
रुसको यो अडानलाई विशेषज्ञले अब तेल निर्यात गर्ने प्रत्येक देशले आफ्नो हितलाई स्वंय बुझ्ने र जिम्मेवार हुने संकेतको रुपमा हेरेका छन् । रुसी तेल कम्पनी रोजनेफ्टले भनेको छ, ‘शुक्रबार ल्याइएको तेल कटौतीको प्रस्ताव ओपेक देशको शक्तिको गैर जिम्मेवारी प्रदर्शन जस्तै हो ।’
रोजनेफ्टका प्रवक्ता मिखाइल लियोन्तेवले रुसी समाचार एजेन्सीसँग भनेका छन्, ‘यो तर्कहिन हो । हामी जति तेलको उत्पादन गर्छौ, हामी त्यसलाई कम ग¥यो भने त्यसको आपूर्ति हाम्रो प्रतिस्पर्धीले गर्नेछ । यो अन्य केही होइन । यो शक्तिको जोडबाट आफ्नो कुरा मनाउनु जस्तो हो ।’
शुक्रबाको वार्ता टुटेपछि केही विशेषज्ञले रुसको उत्पादन कटौती गर्नुको सट्टा तेलको मूल्य कम गर्नेमा काम गर्नुपर्छ, जसले अमेरिकी तेल उत्पादनलाई कमजोर गर्न सकिने बतााएका छन् ।
अमेरिकी कम्पनीलाई तेल उत्पादनको लागत बढी पर्छ र यदी मूल्य यसैगरी ओरालो लाग्यो भने उनीहरुका लागि मुश्किल हुने राय उनीहरुको छ ।




प्रतिक्रिया