को बन्ला आयल निगमको प्रमुख ? यी हन् पाँच उम्मेदवार

को बन्ला आयल निगमको प्रमुख ? यी हन् पाँच उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमको कार्यकारी निर्देशक छनौटको चटारो परेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई राजीनामा गराएपछि निगम निमित्तको भरमा रहेकोमा खुला प्रतिस्पर्धाबाट छनौट थालिएको हो।

कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धामा ५ जना उम्मेदवार छनोटमा परेका छन्।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित समितिले सुरेन्द्र पौडेल, रामप्रसाद धिताल, अनिल झा ,तारानाथ पौडेल र लोकबहादुर खड्काको नाम ‘सर्ट लिष्ट’मा निकालेको हो।

पौडेल हेटौंडा सिमेन्ट कारखानाका महाप्रबन्धक हुन् भने धिताल वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक हुन्।

यसैगरी, झा जनक शिक्षा सामाग्री केन्द्रका पूर्वमहाप्रबन्धक हुन्। पाँचै जनाले आ–आफ्नो कार्ययोजना पेस गरेपछि १९ गते पुनः अन्तर्वार्ता हुने र अन्तिम ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस हुनेछ। र, सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नियुक्त गर्नेछ।