बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले निलम्बित गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझालाई निलम्बित गर्दै छानबिन समिति गठन गरेको छ । नियुक्ति प्रक्रियामा ओझाले कीर्ते कागजात पेश गरेको आरोप लागेपछि उनी विवादित बनेका थिए ।

अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न मन्त्रिपरिषद् बैठकले ३ सदस्यीय समिति गठन गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

अध्यक्ष ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा मुद्दा विचाराधीन छ ।