ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल विजयी, कांग्रेसका लुँईटेल ५ मतले पराजित

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल विजयी, कांग्रेसका लुँईटेल ५ मतले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ओखलढुंगामा रोचक प्रतिस्पर्धा देखिएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ५ पाँच मतले विजयी भएका छन्।

​​​​​​पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दा कांग्रेसका कुमार लुईँटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन्। मत गणनाका क्रममा कहिले कांग्रेस त कहिले रास्वपा अघिपछि हुँदा रोचक प्रतिष्पर्धा देखिएको थियो।

पोखरेल नेपाल प्रहरीका पूर्वएआईजी हुन्।

यसैगरी नेकपाका अम्बिर बाबु गुरूङले ११ हजार २९६ र नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरिन्।