ओखलढुङ्गामा खानेपानी महसुल ५० प्रतिशत छुट हुने

ओखलढुङ्गामा खानेपानी महसुल ५० प्रतिशत छुट हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुङ्गा – ओखलढुङ्गामा खानेपानी महसुल ५० प्रतिशत छुट हुने भएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले लकडाउनमा बसेका उपभोक्तालाई खानेपानी महसुलमा आधा रकम छुट दिने भएको हो ।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसले आम उपभोक्तालाई समेत प्रभावित पारेकाले सङ्कटको समयमा चैत महिनाभरिको खानेपानी महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव रुपेश शाक्यले जानकारी दिए । समितिले घर आँगन सफा राख्न, खानेपानी शुद्धीकरण गरेर प्रयोग गर्न उपभोक्ताहरुमा अपिल गरेको छ ।

सदरमुकाममा खानेपानीका करिब ९०० उपभोक्ता छन् । समितिले सिद्धिचरण नगरपालिकाको वडा नम्बर ११ र १२ सहित आसपासका क्षेत्रमा खानेपानी सुविधा दिँदै आएको छ ।