ओखलढुंगाकाे केत्तुकेमा जीप दुर्घटनाः ८ जना घाइते, दुईको अवस्था गम्भीर

ओखलढुंगाकाे केत्तुकेमा जीप दुर्घटनाः ८ जना घाइते, दुईको अवस्था गम्भीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ओेखलढुंगामा बोलेरे जीप दुर्घटना हुुदा ८ जना घाइते भएका छन् । बिरगन्जबाट ओखलढुंगा आउँदै गरेको बोलेरो जिप मानेभज्याङ गाउँपालिका–४ केत्तुकेमा सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

घाइते ८ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बिहीबार बिहान भएको दुर्घटनामा परी बिरगन्ज पर्साका अनिल कुमार साहानी र सोही स्थानका सुगन्धी देबी बिनको अवस्था गम्भीर रहेको ओखलढुंगा सामुदायीक अस्पातलले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

अन्य घाइतेहरु नेपागन्ज बाँकेका बिराज थापा, बिरगन्ज पर्साका आकाश कुमार नाबालक, मन्थली रामेछापका कपिल मगर र सिद्धिचरण नगरपालिका–४ का सनम घले, बल बहादुर श्रेष्ठ र राजन घलेको भने अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

जिपमा १२ जना सवार भएपनि अन्य चारजना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।