ओखलढुंगामा कार्तिक १६ र १७ गते ‘पोकली झरना महोत्सव’ हुँदै

ओखलढुंगामा कार्तिक १६ र १७ गते ‘पोकली झरना महोत्सव’ हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा – ओखलढुंगाको पोकली झरनास्थलमा महोत्सव आयोजना हुने भएको छ ।

पोकली झरना सेवा समाजले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो झरनाको सौन्दर्य र महत्वलाई विश्वभर पु¥याउने उद्देश्यका साथ आगामी कार्तिक १६ र १७ गते ‘पोखली झरना महोत्सव’ आयोजना गर्न लागिएको जानकारी दिएको हो । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ का लागि सूचिकृत गरेको सूचिमा नेपालकै दोस्रो उचाईमा रहेको उक्त पोकली झरनालाई पनि समावेश गरिएको छ ।

ओखलढुंगाको मात्रै नभएर नेपालकै पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षासहित सो झरना स्थलमा महोत्सव आयोजना गर्न लागिएको समाजका महासचिव शम्भु बरालले जानकारी दिए । उक्त महोत्सवमा बृहत सांस्कृतिक कार्यक्रमसहित स्थानीय उत्पादनहरुको पनि प्रर्दशनी गरिने समाजले जनाएको छ ।