ओखलढुङ्गामा पुननिर्माण प्राधिकरणका सब-इन्जिनियर ३० हजार घुससहित पक्राउ

ओखलढुङ्गामा पुननिर्माण प्राधिकरणका सब-इन्जिनियर ३० हजार घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — ओखलढुङ्गामा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक प्राविधिक घुस सहित पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिकामा कार्यरत सब-इन्जिनियर राजन पासवान ३० हजार रुपैयाँ घुससहित मंगलबार साँझ पक्राउ परेका हुन् ।

पासवानलाई असार मसान्तमा पुनर्निर्माण लाभग्राहीबाट अन्तिम किस्ता रकम निकासा गराउने भन्दै लिएको ३० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले बताए ।

उनले सिद्धिचरण नगरपालिका १ मा कार्यरत पासवानले निसंखेका सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पठाइएको बताए ।