रुकुम पश्चिमका कांग्रेस उम्मेदवार ओलीको उम्मेदवारी खारेज

रुकुम पश्चिमका कांग्रेस उम्मेदवार ओलीको उम्मेदवारी खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र (ख)का नेपाली कांग्रेसका उम्मेदवार प्रेसमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ ।

बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भै ७ लाख रुपैयाँ जरिवाना र १ महिना कैद सजाय पाएका ओलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो ।

तर, ओलीले भुक्तान नगरेको देखिएकाले उनको उम्मेदवारी खारेज भएको रुकुमका मुख्य निर्वाचन अधिकृत खडकबहादुर केसीले जानकारी दिए । माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार राजकुमार शर्माले उजुरी दिएका थिए ।