आजको संसद बैठकमा ओलीले सम्बोधन गर्दै


काठमाण्डु- प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। आज बस्ने संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

पछिल्लो समय सरकारका गतिविधि, देशको अर्थतन्त्र र सामाजिक अराजकता बढिरहेका बेला प्रतिपक्षी नेताले सदनमा बोल्न समयमा मागेका हुन्।

त्यसैगरी यो बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement