सरकारले राष्ट्रपतिलाई खोपीको राजा बनाएको छ : अध्यक्ष ओली


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई खोपीको राजा बनाएको आरोप लगाएका छन् ।

मंगलवार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रपति पौडेललाई खोपीको राजा बनाएको आरोप लगाएका हुन् ।

अघिल्लो संसदले पठाएको नागरिकता बिद्येयकमा उल्लेख भएका राष्ट्रपति बिद्यादेवी भण्डारीको नाम काटेर हालका राष्ट्रपतिलाई बिद्येयक प्रमाणित गर्न लगाएको उनको आरोप छ ।

‘पहिलाको संसदले, पहिलाको राष्ट्रपतिलाई पठाएको बिद्येयकमा नाम काटेर बिद्येयक प्रमाणीकरण गर्न लगाएका छन, ज्यानमाराहरुलाई जेलबाट निकालेको छ, ज्यानमाराहरु शानसहित लावालस्कर लगाएर हिडेको देखियो,’ ओलीले भने, ‘राष्ट्रपतिलाई यो सरकारले खोपीको राजा बनाएको छ, क्याबिनेटको आदेशमा राष्ट्रपतिलाई चलाएको छ ।’

सरकारको नेतृत्वको दल र सत्ता गठबन्धनमा आबद्ध दलले कोशी सरकार निमार्णमा तमासा देखाएको पनि उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement