प्रचण्डले युद्ध प्रक्रियाको सुरुवात गर्दैछन्: अध्यक्ष ओली

प्रचण्डले युद्ध प्रक्रियाको सुरुवात गर्दैछन्: अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शान्ति प्रक्रियाको टुंगो लगाउन छाडेर युद्ध प्रक्रियाको सुरुवात गर्न लागिरहेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले द्वन्द्वकालको घाउ उप्काएर प्रधानमन्त्रीले नयाँ द्वन्द्व चाहिरहेको बताएका हुन् ।

‘हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय उत्सवका रुपमा घोषणा गर्नुभयो’, ओलीले भने, ‘भोज खाऊ, नाँचगान गर,वाजा बजाऊ, नाँच, त्यसका लागि छुट्टी, राष्ट्रिय बिदा घोषणा गर्नुभयो ।’ उनले यो बिदा घोषणा नमानिने भन्दै गत फागुन १ बाट माघ अन्तिम दिनमा एमालेको विरोधका बाबजुद फागुन १ लाई बिदा घोषणा गरेर प्रतिपक्षको कुरा नसुनिएको बताएका छन् ।