बालकोटमा कोशीका मुख्यमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बालकोटमा कोशीका मुख्यमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमालेका ३९ सांसदको सहयोगमा मुख्यमन्त्री बनेपछि काठमाण्डु आएका कार्की र अध्यक्ष ओलबीच बालकोटमा भेटवार्ता भएको हो ।

विराटनगरबाट आएलगत्तै उनले पहिले शेखर कोइरालालाई भेटेका थिए । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

अध्यक्ष ओलीले कार्कीलाई मुख्यमन्त्री भएकोमा बधाई दिएका छन् । शनिबार साँझ कार्की राजनीतिक विश्लेषक एवं डा. शेखर निकटका पुरञ्जन आचार्यसहित बालकोट पुगेका थिए ।

यसैबीच आज मुख्यमन्त्री कार्कीले एमालेसहितको मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन् । जसअनुसार नेकपा एमाले र कांग्रेसको शेखर पक्षबाट एक–एक मन्त्री नियुक्त हुने जनाइएको छ ।