मध्य पहाडी लोकमार्ग पदयात्राको उद्घाटन गर्न एमाले अध्यक्ष ओली धनगढी जाँदै

मध्य पहाडी लोकमार्ग पदयात्राको उद्घाटन गर्न एमाले अध्यक्ष ओली धनगढी जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम जाँदैछन्। मंसिर १४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको उद्घाटनको लागि ओली कैलाली जान लागेका हुन् । आज अपरान्ह ४ बजे अध्यक्ष ओली धनगढी जाने एमालेले जनाएकाे छ ।

अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू कैलाली जान लागेका हुन्। महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने भोलि कैलाली पुग्नेछन् ।

भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको छ । एमालेले १४ गते बिहान बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन गर्ने छ। झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन्।

एमालेकाे यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ। एमालेले प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्त्व र सान्दर्भिकता दर्साउने जनाएको छ। ​ मध्यपहाडी लोकमार्गको लम्बाइ १ हजार ८ सय ७९ किलोमिटर छ ।