झुलाघाटबाट अध्यक्ष ओलीले भने- जनतासँग संवाद र अध्ययनको यात्रा हो

झुलाघाटबाट अध्यक्ष ओलीले भने- जनतासँग संवाद र अध्ययनको यात्रा हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा संवाद र अध्ययनको यात्रा भएको बताएका छन् ।

बिहीवार बैतडीको झुलाघाटबाट यात्राको उद्घाटन गर्दै अध्यक्ष ओलीले यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सहि बाटोमा ल्याउने सन्दर्भमा चिन्तन मनन र नीति योजना निर्माण गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका हुन् ।

‘यो यात्रा संवादको यात्रा हो,यो यात्रा अध्ययनको यात्रा हो । यो यात्रा नेपाली जनताको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने संकल्प यात्रा हो । जसलाई नेकपा एमालेले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ ।’, उनले भने ।

अध्यक्ष ओलीले यात्राका क्रममा मध्य पहाडी भूभागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सिप विकासको अध्ययनबारे जनतासँग सघन संवाद गर्ने बताए ।

‘जनताका समस्या के छन् रु एमाले र एमाले नेताकार्यकर्तासँग जनताको अपेक्षा के छ ? अहिलेको अवस्थाबाट देशलाई बदलेर समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा कसरी पुरा गर्न सकिन्छ भन्ने सङ्कल्प गर्नेछौ’,उनले भने ।