भेरी बबई डाइभर्सनको गुणस्तरमा सम्झौता नगर्न अध्यक्ष ओलीको आग्रह

भेरी बबई डाइभर्सनको गुणस्तरमा सम्झौता नगर्न अध्यक्ष ओलीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन गरेका छन् ।

महाकाली मेची अभियानका क्रममा मंगलवारर बिहान अध्यक्ष ओलीले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन गरेका हुन् । अवलोकनपछि उनले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताए । अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठुलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गरे ।

‘यो आयोजनाको टनेलको ब्रेक थ्रु पनि हामीले जति कठिनाइ छ भन्ने ठानेको तर हाम्रो वैदेशिक प्रविधि पनि भयो र वैदेशिक रेलिङ मेसिन पनि भयो । हाम्रा इन्जिनियर र हाम्रा काम गर्ने साथीहरू सबैको प्रयासबाट टनेल ब्रेक थ्रु सयमा भयो । ३ वर्षअघि नै टनेल ब्रेक थ्रु गरिएको हो । यो आयोजना कोभिड पनि ढिला गरेको हो । तर त्यो भन्दा बढी हाम्रो नेपालीहरूको काममा ढिलाइ गर्ने चलन भएको छ । यसलाई गति दिनुपर्छ ।  यहाँको कामको गुणस्तरमा कम्परमाइज गर्न मिल्दैन, किनभने यो प्रकृतिसँगको कारोबार छ ।’, उनले भने ।