अध्यक्ष ओलीको आरोप- यो सरकारले राष्ट्रघाती काम गर्छ

अध्यक्ष ओलीको आरोप- यो सरकारले राष्ट्रघाती काम गर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लज्जाबोध नभएको सरकार भएको बताएका छन् ।

बिहीवार पुस्पला मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा-२०८० को बागलुङमा आयोजना गरिएको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रघाती काम गरिरहेको आरोप लगाएका हुन् ।

‘सरकारसँग सबैभन्दा धेरै राजस्व संकलन भएर बसेको हुन्छ, त्यस्तो अवस्थामा पनि आन्तरिक ऋण उठाएर, कर्मचारीलाई तलब खुवाउनु परेको छ, प्रशासन चलाउन ऋण लिन परेको छ, त्यही पनि शिक्षक, प्रहरीको तलब दिन बाँकी छ,’ ओलीले भने, ‘यस्तो सरकारबाट के अपेक्षा राख्न सकिन्छ। यसले राष्ट्रघाती काम गर्छ, यसले देशको इज्जत समाप्त पार्छ, स्वाधीनता कमजोर पार्छ, स्वतन्त्रताको प्रयोग गर्न सक्दैन, राष्ट्रहितको रक्षा गर्न सक्दैन, भूमिको बारेमा बोल्न सक्दैन, एमालेको सरकारले सुरु गरेका विकास कामहरू ठप्प छ त्यही पनि यो सरकार सरकार चलिरहेको छ ।’

बैङ्कहरू चर्को व्याज लिएर नागरिकलाई मारमा पारेको उनका भनाइ छ। ‘कोभिडलाई कारण देखाइएको छ, तर अहिले कोभिड छैन, हाम्रो छिमेकी देशले गरिबी हटाइसक्यो, छोटो अवधिमा उसले प्रगति गर्याे, भारतले नयाँ आर्थिक शक्तिको रुपमा अगाडि बढ्ने अवस्था छ,’ओलीले भने, ‘हामी बिचमा दक्षिण एसियाको सबैभन्दा करिब किटान भएका छौँ।’ नेपाल जस्तो प्रकृति र खानीले भरिपूर्ण देश गरिब हुनु सुहाउने कुरा नभएको उनले बताए।