अभियानबाट देश र जनताको हित सोच्नेलाई उत्साहित बनायौं: अध्यक्ष ओली

अभियानबाट देश र जनताको हित सोच्नेलाई उत्साहित बनायौं: अध्यक्ष ओली


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुमा मध्यपहाडी संकल्प यात्राले उत्साहित बनाएको बताएका छन् ।

पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन गर्दै ओलीले देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुमा मध्यपहाडी संकल्प यात्राले उत्साहित बनाएको बताएका हुन् । ‘संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ । देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुको मनोबल उच्च बनाएको छ ।’, उनले भने ।

संकल्प यात्राले मुलुकमा ब्याप्त निराशा चिर्न सक्ने शक्ति एमाले भएको समेत पुष्टि गरेको अध्यक्ष ओलीले बताएका छन् । गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवा भञ्ज्याङसम्म चलेको मध्यपहाडी संकल्प यात्राले देश विकासको खाका बनाउने आधार तयार पारेको उनको भनाइ छ ।